समाजसेवी मल्लद्वारा भूकम्प पीडितलाई कम्मल सहयोग

Image
जाजरकोटको कुसे गाउँपालिका वडा नं ४ र ५ का भूकम्प पीडितलाई ओड्ने कम्मल सहयोग प्रदान गर्दै मुगु हेल्पिङ फोर्सका सदस्य अर्जुन मल्ल । तस्वीरः हरिकृष्ण ऐडी –हरिकृष्ण ऐडी | मुगु – भूकम्पको कारण यति बेला त्रिपालमुनि ओत लागेर बसिरहेका बालबालिका, ज्येष्ठ नागरिक प्रत्यक्ष मरका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरूको स्वास्थ्यमा हिउँदे वर्षात्का कारणले थप जोखिममा परेका छन् । मुगु हेल्पिङ फोर्सका आवद्ध सदस्य समाजसेवी अर्जुन मल्लले जाजरकोटको कुसे गाउँपालिका वडा नं ४ र ५ मा यतिबेला भूकम्प पीडितलाई चिसो बढेपछि नेपाल राइजिङको आर्थिक सहयोगमा र मुगु हेल्पिङ फोर्सको सहजीकरणमा एक सय १६ घरधुरीका तीन सय परिवारजनलाई जाडो छल्नलाई ओड्ने कम्मल उपलब्ध गराइएको छ । विपद्को बेला जोखिममा रहेका परिवारहरूलाई आवश्यक राहत सामग्रीमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए । उनका अनुसार चिसो मौसममा जेष्ठ, नागरिक, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो । ‘जाजरकोटको कुसे गाउँपालिका वडा नं ४ र ५ का प्रभावित परिवारलाई हामीले यसअघि मुगु नेपाल हेल्पिङ फोर्सको सहजीकरणमा उक्त वडाका बासिन्दालाई ज्याकेट, ट्रयाकसेट र घर निर्माणका लागि जस्तापाता वितरण गरेका थियौं, ’ मल्लले भने ।  
Tags: