खाद्यको सुपथ मूल्य पसल माघ २ गतेसम्म निरन्तर

Image
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्मका लागि निरन्तर रहने भएको छ । चाडपर्वलाई लक्षित गरी गत असोज २१ बाट सञ्चालनमा रहेको सुपथ मूल्य पसल माघ २ गतेसम्म कायमै रहने खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । ‘खाद्यले आर्थिक वर्ष २०८०/८१ को बजेट लक्ष्यमा रहेर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो, प्रथम चरणमा असोज २१ देखि शुरू गरेर मंसिर २ गतेसम्म पसल सञ्चालनमा ल्याएको थियो,’ उनले भनिन्, ‘यस वर्षका लागि विनियोजन गरेको बजेट बचतमा रहेकोले सुपथ मूल्यलाई माघ २ गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरेका छौं ।’
Tags: