रिलायन्स फाइनान्स लिमिटेड पन्ध्र वर्षमा प्रवेश

Image
काठमाडौं –रिलायन्स फाइनान्स लिमिटेड स्थापनाको चौध वर्ष पूरा गरि पन्ध्र वर्षमा प्रवेश गरेको छ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय भई शाखा कार्यालय न्यूरोड काठमाण्डौ, सितापाईला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँके मार्फत सेवा पु¥याउँदै आइरहेको छ । संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थाले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत विपन्न वर्गका लागि शिक्षा, स्वास्थ्य तथा सोक्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुलाई सहयोग गर्ने क्रममा यस संस्थाको चौधांै वार्षिक उत्सवको अवसरमा मिति २०७९÷०८÷१८ गते मानवसेवा आश्रम, रानीवन काठमाण्डौमा रहेका आश्रीत बृद्धाहरुलाई आवश्यक पर्ने वासीङ्ग मेसीन संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले उक्त संस्थालाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठको उपस्थिती रहेको थियो । संस्थाको वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रिय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाईलामा निः शुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर भव्यताका साथ संचालन गरि शिविरमा आएका विरामीहरुको लागि संस्थाले निःशुल्क औषधी तथा चस्मा पनि वितरण गरेको बताइएको छ । साथै यस उपलक्ष्यमा “संस्थागत सामाजिक उत्तरदायित्व” अन्र्तगत यस संस्थाका न्यूरोड शाखा, इमाडोल शाखा, पोखरा शाखा वेशीसहर शाखा, कोहलपुर शाखा, धनगढी शाखा, टाँडी शाखा र भैरहवा शाखाले न्यानो कपडा वितरण गर्ने, स्टेशनरी वितरण, डस्टविन वितरण, युरोगार्ड वितरण तथा मंन्दीरमा कुर्सी वितरण गरि विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेका थिए ।
Tags: