नमस्ते पेमार्फत प्रत्येक उडान टिकट खरिदमा रू. १०० क्यासब्याक

Image
काठमाडौं – नमस्ते पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते पेले नयाँ अभियान शुरू गरेको छ। यो अभियान मंसिर १५ देखि पुस १४ सम्म चल्न बताइएकोे छ । नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै रू. १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु नपर्ने बताइएको छ। क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्ने बताइएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्ने छन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु वालेट सेवाको उद्देश्य रहेको बताइएको छ ।
Tags: