वाई२७एस सार्वजनिक गर्ने तयारीमा भिभो

Image
काठमाडौं– टेक्नोलोजी ब्राण्ड भिभोले आफ्नो वाई सिरिजअन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई२७एस सार्वजनिक गर्ने तयारी गरेको छ । भिभो डिजाइनमा नयाँ मापदण्ड कायम गर्दै उत्कृष्ट पर्फमेन्स भएका स्मार्टफोन प्रदान गर्नका लागि परिचित भिभोको यो वाई२७एस मा पनि सोही नवीनताले निरन्तरता पाउने अनुमान गरिएको छ । यसमा उच्च स्तरीय प्रदर्शन गर्ने स्मार्टफोन अनुभवको लागी शक्तिशाली क्षमताहरु तथा आकर्षक डिजाइनको संयोजन रहने बताइएको छ । भिभो वाई२७एस दुई रोचक कलर भेरियन्ट – बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा लन्च गर्ने अपेक्षा गरिएको छ । यो स्मार्टफोनले ब्रह्माण्डीय रातको आकाशीय महिमा जगाउने सुन्दर फिनिश प्रदान गर्ने बताइएको छ । अर्कोतर्फ, गार्डेन ग्रीन भेरियन्टले यसको सतहलाई सजाउने एक शानदार डाइमण्ड बनावटको अपेक्षा गरिएको छ, जसले उपकरणको उत्कृष्ट सिल्हूटलाई परिष्कृतताको नयाँ उचाइमा लग्नेछ । पहिलै नै उच्च प्रत्याशित विशेषतालाई विस्तृतमा कुरा गर्दा वाई२७एस आकर्षक सुविधाका साथ एक प्रभावशाली स्मार्टफोन हुने बताइएको छ । यसले अतुलनीय चार्जिङ गति प्रदान गर्ने वाचा गर्दै ४४ वाट फ्ल्यासचार्जको साथ आउने अपेक्षा गरिएको छ । साथै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री हुन सक्ने अनुमान पनि गरिएको छ जसले प्रयोगकर्ताहरूलाई दिनभर लाई पुग्ने पर्याप्त पावर सुनिश्चित गर्दछ । यदि यी अनुमानहरू सही भयो भने यो उपकरण एक सुन्दर पावरहाउस हुन सक्छ जसले अत्याधुनिक प्रविधिको साथ अद्वितीय प्रयोगकर्ता अनुभव प्रदान गर्नेछ । भिभोको वाई सिरिजका स्मार्टफोनहरूले असाधारण कार्यक्षमता र अत्याधुनिक सुविधाहरूले गर्दा अत्यधिक लोकप्रियता हासिल गरिरहेको छ । प्रयोगकर्ताहरूलाई निर्वाध अनुभव र अतुलनीय विश्वसनीयता प्रदान गर्न ब्राण्डले निरन्तर पर्फमेन्शमा नवीनता प्रदान गर्दै आइरहेको छ ।
Tags: