इमर्जिङ नेपालले ८.४२१ प्रतिशत नगद लाभांश दिने

Image
काठमाडौं – इमर्जिङ नेपालले ८ दशमलव ४२१ प्रतिशतले हुन आउने रकम ४ करोड ६७ लाख ८७ हजार रुपैयाँ नगद लाभाशं ( कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रवार काठमाडौंमा सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो । सभाले विभिन्न प्रस्तावसहित कम्पनीको आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । सभाले पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापित यस कम्पनीले आगामी दिनमा पनि लगानीका नयाँ आयाममा प्रवेश गर्ने गरी कार्य गर्ने योजना बनाएको छ ।
Tags: