टिकटक प्रतिबन्ध पछि ‘रमाइलो’मा रमाइलो

Image
काठमाडौं – सरकारले टिकटकमा प्रतिबन्ध लगाए पछि टिकटकमा रमाउनेहरू यसको विकल्पको खोजीमा लागेका छन् । टिकटक जस्तै लाग्ने कति एप बजारमा आइसकेका छन् । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियो शेयर गर्ने प्लेटफर्म हो ‘रमाइलो’ । मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको करीब एक सातामै एक लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । एपका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले हाल एपमा ९० हजारभन्दा बढी प्रयोगकर्ता सक्रिय भएको बताए । प्रयोगकर्ताको सुझाव र परीक्षणका आधारमा एपमा सुधार भइरहेको उनको भनाइ छ । जसअनुसार अहिले डार्क मोड, सर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य फिचर थपेको उनले बताए । एपमा सार्वजनिक भएको सर्ट्स तथा भिडियो सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने बताइएको छ ।  
Tags: