निफ्रा र नबिलले अस्पताल बनाउने

Image
काठमाडौं–नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १ सय शैयाको अस्पताल बन्ने भएको छ । एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल निर्माण तथा सन्चालन गर्न रु. २ अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरि बिहीबार सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो। उक्त हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु. १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु. १ अर्ब सम्म लगानी गर्ने भएको हो। सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमूख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो। कार्यक्रममा हस्पिटलका अध्यक्ष भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
Tags: