राज्यमन्त्री शिर्पालीद्वारा वासिङ मेसिन हस्तान्तरण

Image
अशोक खनाल अर्घाखाँची – संस्कृत पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला शिर्पाली ठकुरीले सन्धिखर्क नगरपालिका वडा न.१ मा रहेको निर्मल नवज्योती सुस्तमनस्थिति विद्यालयलाई एक कार्यक्रमका बीच एक थान वासिङ मेसिन हस्तान्तरण गरेकी छिन्। पर्यटन राज्यमन्त्री शिर्पालीले रक्षा नेपाल लगायत विभिन्न संघ संस्थाको सहयोग तथा आफ्नो पहलमा उक्त १० किलो क्षमताको मेसिन विद्यालय लाई हस्तान्तरण गरेको बताइन् । राज्यमन्त्री शिर्पालीले यस्तो सहयोगले पनि ठूलो प्रभाव रहने बताए । विद्यालयका २४ जना वौद्धिक अपाङ्गता तथा अटिजम भएका विद्यार्थीहरुले आवासीय सहित पठनपाठन गर्दै आइरहेका विद्यालयमा भौतिक संरचना निर्माण भइ रहेता पनि दक्ष शिक्षक तथा कर्मचारीहरुको आवश्यकता रहेको नयाँ बन्दै गरेको भबन अपाङ्ग मैत्री नभएको विद्यालयका प्रधानध्यापक भुसालले बताए । हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पूर्व नगरउपप्रमुख ठाकुर कुमार वि.क, विद्यालयका प्रधानाध्यापक कमला भुसाल , राज्यमन्त्रीका प्रेस सल्लाहकार गोपी ज्ञवाली , निजी सचिवालय सदस्य सन्ध्या पान्डे पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल, विद्यार्थी,अभिभावक शिक्षक तथा सरोकारवाला को उपस्थिति लगायतको उपस्थित रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिता भुसालको अध्यक्षता तथा विष्णु ढुङ्गानाको संचालनमा सम्पन्न भएको थियो ।
Tags: