महालक्ष्मी मन्दिरको बगंैचाको मर्मतमा महालक्ष्मी विकास बैंकले सहयोग गर्ने

Image
काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका–५, महालक्ष्मीस्थानस्थित महालक्ष्मी मन्दिरमा रहेको बगैंचाको मर्मतका लागि मन्दिर व्यवस्थापन समितिसँग समझदारी गरेको छ । मन्दिर परिसरको प्राकृतिक सौन्दर्यतालाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्रदान गर्न मद्दत गर्नेे उद्देश्यले बैंकले बगैंचा मर्मत गर्न लागेको बताइएको छ । २०७७ सालमा बगैंचाको पुनः निर्माण गरेको बैंकले निरन्तर मर्मत कार्य गर्दै आएको जानकारी दिएको छ । बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान÷भेटी प्रदान गर्न सहजताका लागि क्युआर कोडको व्यवस्था समेत गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुंगाना र बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  
Tags: