सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङले छूट दिने

Image
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाडौंको महादेवस्थानस्थित ‘हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज’ले छूट दिने भएको छ । यी दुई संस्थाबीच बैंकका ग्राहकलाई छूट दिनेसम्बन्धी सम्झौता भएको हो । सम्झौता पश्चात् बैंकका कार्डवाहकले कम्पनीका उत्पादनमा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताइएको छ ।  
Tags: