बाल अस्पताल निर्माणमा नेशनल लाईफ इन्स्योरेन्सले ७५ लाख सहयोग गर्ने

Image
काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्ष्टिच्यूट अफ चाइल्ड हेल्थले निर्माण गर्न लागेको बाल अस्पतालका लागि ७५ लाख सहयोग गर्ने भएको छ । बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधिन २०० बेड क्षमताको गैर नाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले तीन वर्षसम्म प्रति वर्ष रू. २५ लाखका दरले वित्तीय सहयोग उपलव्ध गराउने सम्झौता भएको हो । कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र संस्थाका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सोही अवसरमा कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम रू. २५ लाख को चेक संस्थालाई हस्तान्तरण गरेका थिए । समारोहमा प्रा.डा कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बताए । कम्पनीका कार्यकारी प्रमुख खत्रीले बाल अस्पतालबाट बालबालिकाले सहज रूपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।  
Tags: