नेस्लेले नेपालका भूकम्प पीडितका लागि दियो ३२ लाख रुपैयाँ 

Image
काठमाडौं-नेस्लेले नेपालमा भूकम्पपीडित राहतका लागि ३२ लाख रुपैँया खाद्यान्नमा सहयोग गरेको छ । हालैको भूकम्पबाट प्रभावित नेपालका जाजरकोट र रुकुम जिल्लाका जनतालाई सहयोगका लागि भन्दै उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको कम्पनीका प्रवक्ताले बताएका छन् । कम्पनीले जनताको दैनिक आवश्यकताका लागि चाहिने खाद्यान्नहरु डेरीका सामाग्री, म्याग्गी चाउचाउ, किटक्याट र अन्य खाद्यान्न गरेर करिब ३२ लाख नेपाली रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको हो । कम्पनीको सहयोगले प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्नको उपलब्धतामा तत्कालका लागि सहयोग पुग्ने विश्वास नेस्लेको छ । उक्त खाद्यान्न सीमा क्षेत्रका नेपाली सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ ।
Tags: