जाजरकोटमा हजार घर बनाउँदै कांग्रेस (फोटो फिचर)

Image
काठमाडौं– नेपाली कांग्रेस जाजरकोटका भूकम्प प्रभावितको बसाबासका लागि अस्थायी आवास निर्माणमा जुटेको छ। कांग्रेसले त्यस क्षेत्रका कम्तिमा १ हजार अस्थायी आवास निर्माण गरिने कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए। ‘भूकम्प प्रभावित क्षेत्रमा बढ्दो चिसोका कारण अवस्था दिनानुदिन दिन कष्टकर बन्दै छ, जाडोका कारण हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्नका लागि हामीले जति सक्दो चाँडो अस्थायी आवासहरू बनाई सक्नु पर्ने छ। जोखिममा रहेका परिवारको अस्थायी आवास अहिले हाम्रो प्रमुख प्राथमिकता हो,’ उनले भने। आवास निर्माणका लागि नेता प्रदीप पौडेलको नेतृत्वको टोली खटिएको उनको भनाइ छ । जाजरकोट र रुकुमतर्फ थप २५ जनाको टोली खटिने उनले बताए।
Tags: