अहिलेको व्यवस्थाको जगमा ब्रह्मलुट : राजनीतिक विश्लेषक रायमाझी

Image
काठमाडौं–सामाजिक अभियान्ता तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले संघीयता धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रको नाउँमा देशमा ब्रम्हलुट भइरहेको बताएका छन्। यस्ता राजनीतिक चरित्रका दलका माफियालाई जनताले ठेगान लगाउने उनको विश्लेषण छ। उनले नेताको संरक्षणमा स्थापित बैंक तथा वित्तीय संस्थाले सामान्य नागरिकलाई सडकमा पुर्याएको उनको आरोप छ । ‘कथित नेताहरूको संरक्षणमा ’संचालन भएका बैंक तथा वित्तीय संस्थाहरूको माफिया धन्दाले उद्योग कलकारखाना व्यवसाय गरी गुजारा गर्नेहरू लाई सडकछाप बनाएको छ,’ उनले भने, ‘रातदिन मेहनत गरेर दुई छाक टार्न एकातिर धौधौ परेको छ भने अर्कोतर्फ नेपालीको रगत पसिनामा लुट मच्चाउनेहरुको भने चारैतिर बोलबाला छ।’ यो अवस्थाले जनता निराश भएर मातृभूमि छोडेर दैनिक हजारौं हजारको संख्यामा विदेश भौतारिनुपर्ने बाध्यता आएको उनको तर्क छ। ‘गरीखानेलाई पनि राज्यको कर आतंकबाट जीवन गुजारा गर्न नसकेर बन्द व्यवसाय बन्द गरेर बेरोजगार भई छट्पटिनु पारेको छ, जनताले यस्तो व्यवस्था खोजेका थिएनन्,’ उनले भने। मुलुक भ्रष्टाचारले देश आक्रान्त बनेको र माफियाहरूको हातमा राष्ट्रको ढुकुटी पुगेको उनको आरोप छ । ‘अब जनताले आफ्नो अधिकारको रक्षा गर्न र नेपाली हुनुको गौरव खोज्न यस्ता माफियाहरूको अकुत सम्पत्ति राष्ट्रियकरण गरेर देशभित्रै उद्योग कलकारखाना व्यवसाय, स्थापना गरेर आत्मनिर्भर बन्ने वातावरण बनाउन पनि लड्नै पर्ने भएको छ,’ उनले भने, ‘सम्पूर्ण विदेशमा भएका नेपालीहरुलाई समेत स्वदेशमा फर्केर विश्वलाई देखाउन र इतिहास रचनाका लागि हामी अब जुट्नै पर्छ।’
Tags: