भिभो भी२९ फाइभजी सिरिज बजारमा

Image
काठमाडौं –भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई सार्वजनिक भएको छ । उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण भएको कम्पनीको भनाइ छ । यसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गरेको बताएको छ। भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरण निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको बताइएको छ । भी२९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको बताएको छ । भी२९ फाइभजीमा ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा छ, त्यस्तै भी२९ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एक्स प्रोफेशनल पोट्र्रेट मोड छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्ने बताइएको छ। भी२९ फाइभजी मा क्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छ जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्दछ । यो १२जीवी र्याम र २५६जीवी स्टोरेज भरियन्टका साथ आउने कम्पनीको भनाइ छ। यसमा भरपर्दो कार्यसम्पादनका लागि भी२९ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ । यसमा ८जीवी र्याम र २५६जीवी स्टोरेज रहेको छ जसले गर्दा दक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । ब्याट्रीको बारेमा कुरा गर्दा, भी२९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ । त्यस्तै भी२९ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ । नेपाली बजारमा भी२९ फाइभजी रु ५९,९९९ र भी२९ई फाइभजी रु ४२,९९९ मा उपलब्ध रहेको छ ।
Tags: