राष्ट्रपतिलाई भूकम्प प्रभावितको चिन्ता, प्रधानमन्त्रीलाई भने, ‘राहत पुनःस्थापनालाई प्रभावकारी बनाऔं

Image
फाइल तस्वीर काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेटवार्ता गरेका छ्न । बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
Tags: