नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको तयारी तीव्र आयोजक भन्छ, ‘बुकिङका लागि केही स्टलमात्र बाँकी छ’

Image
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेकोे नेपाल अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी तीव्र पारिएको बताइएको छ । मंसिर १४ देखि १८ गते सम्म काठमाडौमा हुने मेलामा राखिने केही स्टल मात्र बुकिङका लागि बाँकी रहेको आयोजकको भनाइ छ । मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतको सहभागिता हुने बताइएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नर्वौ संस्करण हो । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने बताइएको छ। मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, इण्डोनेशिया, मलेशिया लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिने आयोजकको भनाइ छ। नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो, हस्तकला उत्पादनहरु, लघुघरेलुतथा साना उद्योग रहने छन् । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको बताइएको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रबिधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।
Tags: