ज्योति विकास बैंकको कामु सीईओमा ढकाल

Image
काठमाडौं –ज्योति विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी कपिल ढकाललाई दिइएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीइओको जिम्मेवारी ढकाललाई दिएको हो । उनी बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । ढकाललाई मंसिर ४ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरेको हो । नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका व्यक्ति हुन् ढकाल । हाम्रो विकास बैंक ज्योति विकास बैंकमै मर्जर भएर अहिलेको एकीकृत संस्था बनेको हो । ढकालले यसअघि एनआईसी एसिया बैंकको माथिल्लो व्यवस्थापकीय भूमिकामा रहेर काम गरिसकेका छन् । साउनसम्म कार्यकाल बाँकी भए पनि उनले ९ महिनाअघि नै राजिनामा दिएपछि ढकाल कामु सीईओमा स्तरोन्नती भएका हुन् ।
Tags: