कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल

Image
काठमाडौं– कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघिका सीईओ रमेशराज अर्यालले राजीनामा दिएपछि सञ्चालक समितिले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंकलाई गाभ्नुअघि पनि उनी कुमारी बैंकको सीईओ थिए। वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सीईओको जिम्मेवारी निर्वाह गरेका थिए। उनी एनआईसी एसिया क्यापिटलबाट कुमारी बैंक गएका थिए। सिद्धार्थ र एनआईसी एसिया बैंकमा पनि माथिल्लो तहमा रहेर काम गरेको अनुभव उनीसँग छ।
Tags: