चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मृत फेला

Image
काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जका दुई ओटा एकसिंगे गैंडा मृत फेला परेका छन्। निकुञ्जको कोर क्षेत्रअन्तर्गत चितवनको सौराह सेक्टरको कार्यक्षेत्रअन्तर्गत चपरचुली सुरक्षा पोष्ट बाट करिब ३.५ किलोमिटर दक्षिण पूर्व चुरे पहाडको फेदी क्षेत्रमा दुई वटा एक सिंगे गैडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। बिहीवार मृत भेटिएका अन्दाजी १८ र ६ वर्षका पोथी गैंडा भेटिएका हुन्। खाडलमा परी मृत्यु भएका गैंडाको खाग नभएकाले चोरी सिकारी भएको अनुमान गरिएको छ। यो संगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०८०÷०८१ मा विभिन्न कारण बाट मृत्यु हुने एक सिंगे गैडाको संख्या ८ ओटा पुगेको बताइएको छ।
Tags: