भारत निर्यात हुन थाल्यो नेपाली छड

Image
काठमाडौं– नेपालबाट छड निर्यात हुन थालेको छ । श्री स्टिल्सले टिएमटी छड भारत निर्यात सुरु गरेको हो । श्री स्टिल्सले निर्यातको उदघाटन गर्दै ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो । आगामी दिनमा उताको माग अनुसार निरन्तरताका साथै निर्यात बढाउने उद्देस्य रहेको श्री स्टील प्रालीका सन्चालक राजेश अग्रवालले जानकारी दिए । उनले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरु गरिएको बताए । “कहिले लोडसेडि,कहिले विद्युत ट्रिपिङको समस्या झेल्दै आएको उद्योगले कोरोना महामारीको पनि सामना गरेको र विभिन्न समस्यासँग जुध्दै चूनौतीको सामना गर्दै आज अन्य देश निर्यातको शुभारम्भ गर्दैछौ ।” अग्रवालले भने “यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता हो । यस अवसरमा स्टील्स मात्रै नभई रुपन्देही लगाएत देशकै उद्योगका उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन हामी विभिन्न तहका सरकारसँगै सरोकारवालासँग आग्रह गर्दछौं।” यसले नेपाल भारत बिच भएको ब्यपार घाटा केही हदसम्म कम गर्ने बताए । उनले बर्षको १५ लाख मेट्रीक टन निर्यात गर्ने नेपाली उध्योगको क्षमता रहेको बताए । केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टील्स टिएमटी फलामे छड उत्पादन गर्दै प्रालीका ब्राण्ड म्यानेजर दिपक शाहले बताए ।
Tags: