सञ्चार साकोसको पाम वर्कशप सम्पन्न

Image
पोखरा। पोखराको न्युरोडमा रहेको सञ्चार वचत तथा ऋण सहकारी संस्थाको आयोजना एवम् नेफस्कुनको प्राविधिक सहयोगमा गण्डकी प्रोवेशन तेस्रो क्लस्टर अन्तर्गत पोखरामा आठौँ कार्यकूशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आबद्ध गण्डकी प्रदेशका ११ साकोसका सञ्चालक÷प्रोबेसन कार्यदल संयोजक÷सदस्य र व्यवस्थापक, आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ४४ जना को उपस्थिति रहेको थियो । सञ्चार साकोसका अध्यक्ष विनोद ढुंगानाले पाम वर्कसपले सहकारीको दिगोपन, संस्थागत सुधार र सहकारी बीचको सबल पक्षलाई आत्मसात र दुर्वल पक्षलाई निर्मूल गर्न प्रभावकारी हुँदै गएको धारणा राखेका थिए । उनले केही सहकारी सञ्चालक र व्यवस्थापकीय जिम्मेवारीमा रहेकाहरुको खराब नियतका कारण आज राम्रा सहकारीले पनि बदनाम हुनुपर्ने अवस्था आएको जनाउँदै वित्तिय संस्थाको अनुगमनका लागि प्रभावकारी संयन्त्रको खाँचो रहेकाे बताए। सम्बन्धित निकायले वित्तिय साक्षरताको विकास, असल अभ्यासका आधारमा सहकारीको वर्गिकरण गर्दै सर्वसाधारणलाई सहकारी प्रतिको विश्वास बढाउन आवश्यक कार्यक्रमको जोड दिनुपर्ने उनको भनाइ थियो । नेफस्कूनका कार्यक्रम अधिकृत सुरज चालिसे सहजीकरण गरेका थिए। सो कार्यशालामा ११ वटा सहकारी संस्थाका असल अभ्यासहरुको आदानप्रदान गरिएको थियो । जसमध्ये तोडा साकोसका सहायक व्यवस्थापक रामप्रसाद खड्की उत्कृष्ट प्रस्तुत कर्ता रुपमा पुरस्कृत भएका थिए । कार्यशालामा सञ्चार साकोसका लेखा समिति संयोजक गणेश पराजुलीले सात सिद्धान्त बाचन गरेक थिए भने सञ्चालन सचिव पवित्रराज तिवारीले गरेका  थिए । संचालक सदस्य जमुना वर्षा शर्माले कार्यशालाको अनुभव सहित सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। प्रत्येक तीन तीन महिनामा हुने पाम वर्कशप आगामी नवौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाले आयोजना गर्ने सञ्चार साकोसका व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।    
Tags: