२०७२ सालको महाभूकम्पपछि गए नेपालमा ७७० भूकम्प

Image
काठमाडौं– नेपालमा २०७२ सालको विनाशकारी भूकम्प गएयता चार म्याग्निट्युडभन्दा माथिका ७ सय ७० वटाभन्दा बढी भुँइचालोहरू गइसकेको सरकारी विवरणले देखाएको छ। ती भूकम्पमध्ये अधिकांश २०७२ सालको गोरखामा केन्द्रबिन्दु भएको भुँइचालोका परकम्प भएको अधिकारीहरू बताउँछन्। यद्यपि पश्चिम नेपाल तथा सुदूर(पूर्वी क्षेत्रमा गएका कतिपय भुँइचालोहरू परकम्प नभएको उनीहरूको भनाइ छ। नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने र विशेषगरी पश्चिम नेपालमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा महाभूकम्पको सम्भावना कम नभएको विज्ञहरू बताउँछन्। त्यसलाई ख्याल गर्दै सरकार र नागरिकहरूले समेत भूकम्पको क्षति कम गर्न पूर्वतयारी गर्नुपर्ने उनीहरूको सुझाव छ। बिबिसी
Tags: