काठमाडौं– भीजी फाउन्डेशनले जाजरकोट भूकम्पका प्रभावितको सहयोगार्थ २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । फाउन्डेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमार्फत उक्त सहयोग गर्न लागिएको बताएको छ । फाउन्डेशन विशाल ग्रुपअन्तर्गतको परोपकारी संस्था हो ।

फाउन्डेशनले विज्ञप्ति जारी गर्दै जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहित तुल्याएको बताएको छ। फाउन्डेशनले भनेको छ, ‘विभिन्न संघ संस्थाको हातेमालोको अपेक्षाको साथ भूकम्प प्रभावितको सहयोगार्थ २१ लाख रुपैयाँ प्रदान गर्दैछौं ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर