क्याम्पस प्रमुख शर्मालाई ‘वमन एजुकेशनल लिडरसीप अवार्ड २०२३’

Image
काठमाडौं– सेफर्ड कलेजकी क्याम्पस प्रमुख कविता शर्मा ‘नेपाल एजुकेशन अवार्ड जापान –२०२३’बाट सम्मानित भएकी छिन् । सोमवार जापानको टोकियोमा कलेज रिडर्सद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा उनलाई ‘वमन एजुकेशनल लिडरसीप अवार्ड २०२३’ ले सम्मान गरिएको हो । शर्मालाई महिला तथा अपाङ्गता भएका विद्यार्थीको शिक्षामा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मान गरिएको बताइएको छ । शर्माले समावेशी र सशक्तीकरण शैक्षिक वातावरण सिर्जना गर्ने कार्यमा निरन्तर काम गर्दै आएकी छिन् । शर्माले सम्मानले आफूलाई सामाजिक सेवामा क्रियाशिल बन्न थप उत्प्रेरित गरेको बताइन् । उनलाई जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उक्त अर्वाडबाट सम्मान गरेका थिए ।
Tags: