अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

Image
काठमाडौं–बृहत आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सझदारी भएको छ । राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत पदाधिकारीहरुको उपस्थितिमा महासंघका राष्ट बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले हस्ताक्षर गरेका थिए। सहमति अनुसार राष्ट बैंक र महासंघले विविध विषयमा तथ्य र तथ्यांकमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । यस सम्झौताले राष्ट बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसंग केन्द्रिय बैंकको सहकार्यका लागि धन्यवाद दिनुहुँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्ने वताए। साथै यसले सही सूचना प्रवाहित हुने विश्वास पनि उनले व्यक्त गरे । समझदारी अनुसार राष्ट बैंकले समय समयमा गर्ने अध्ययनमा महासंघ र सदस्य संस्थाहरुले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउने छ भने महासंघले गर्ने अध्ययनमा राष्ट बैंकको प्राविधिक सहयोग प्रदान गर्ने बताइएको छ । साथै आवश्यकता अनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ । समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच बर्षसम्म लागू हुने सम्झौतामा उल्लेख छ ।  
Tags: