भूकम्प प्रभावितलाई सहयोग गर्न ‘इक्यान कोष’

Image
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जाजरकोट भूकम्पका प्रभावितको राहत तथा सहयोगको लागि इक्यानको कोषबाट ३ लाख १ हजार र कार्यसमितिका पदाधिकारी एवं सदस्यबाट २ लाख ५ हजार गरी एकमुष्ठ ५ लाख ६ हजारको कोष स्थापना गरेको इक्यानका महासचिव दिपकराज भुसालले जानकारी दिए। उनका अनुसार भूकम्प प्रभावितकोे उद्धार, उपचार र राहतमा तत्काल राहत उपलब्ध गराउने उक्त रकम ‘इक्यान सपोर्ट द नेसन इनिसियटिभ’अन्तर्गत ‘इक्यान कोष’ खडा गर्ने निर्णय संस्थाले गरेको छ। दुखद् घडीमा भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको इक्यानले जानकारी दिएको छ। सहयोग गर्न चाहनेले इक्यानको आधिकारिक खाता एनएमबी बैंक लिमिटेड खाता नंं. ०२३००४५२६८५०००१२ वा इसेवा नं ९८४१३६०७२० मा जम्मा गरिदिन हुन आग्रह गरेको छ। साथै सो विषयमा अन्य जानकारीको निमित्त अध्यक्ष श्री शेषराज भट्टराई – ९८५१०९०८४), महासचिव दिपक राज भुसाल – ९८५१०३१९०६, कोषाध्यक्ष आशिक कार्की, सामाजिक उत्तरदायित्व विभागका संयोजक उमा खड्का पाठक – ९८४१६१७७१०) तथा इक्यान कार्यालयका कर्मचारी रुद्र प्रसाद रेग्मी –९८४१३६०७२०, प्रतिक अर्याल –९८१३१३६०८२) मा सम्पर्क राख्न सकिनेछ। त्यस्तै संस्थाले आफ्नो नियमित कार्यक्रमको रुपमा मनाउदै आइरहेको चाडपर्व विशेष ‘चियापान कार्यक्रम’लाई यो पटक स्थगन गर्ने निर्णय गरेको छ। जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै यो कार्यक्रम स्थगन गरिएको संस्थाले जानकारी दिएको छ। इक्यान सम्पुर्ण आफ्ना सदस्य तथा शुभचिन्तकमा यस दुखद् घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासँग कुनै न कुनै प्रकारबाट जोडिन अपिल गरेको छ।  
Tags: