भूकम्प प्रभावितलाई सिबिफिनको १० लाख सहयोग

Image
काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले जाजरकोट भूकम्पका प्रभावितलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट तत्कालका लागि रु. १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो। खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा आग्रह समेत गरेको छ।  
Tags: