डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ का विजेता टार्जनलाई नगद हस्तान्तरण

Image
काठमाडौं– डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस्कार रकम प्रदान गरेको छ । बेलचौतारा शुक्ला गण्डकीमा आयोजित एक कार्यक्रममा डिश मिडिया नेटवर्कका प्रतिनिधिले नगद १ लाख रुपैयाँ रकम हस्तान्तरण गरेका हुन् । गत १३ कात्तिकमा भएको लक्की ड्र मार्फत गुरुङले १ लाख रुपैयाँ जितेका थिए । डीटीएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान चलाएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद रू. १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुन्छ । गत १ असोजबाट सुरु ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि भएको डिशहोमले जनाएको छ ।
Tags: