भूकम्प पीडितको राहत तथा उद्धारमा जुट्यो नेविसंघ, यस्तो छ योजना (हेरौं विस्तृतमा)

Image
काठमाडौं – नेपाल विद्यार्थी संघले जाजरकोट तथा रुकुममा गए रातिको भूकम्पको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ शनिवारका संघका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा केन्द्रीय कार्यालय अनामनगरमा बसेको आकस्मिक बैठकले भूकम्पमा परी मृत्यु हुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली एवम् घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन निम्न अनुसारका कार्यहरू गर्ने निर्णय गरेको जानकारी दिएको छ । नेविसंघले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल राहत उपलब्ध गराउन सम्पूर्ण केन्द्रीय सदस्यहरुबाट कस्तिमा प्रतिव्यक्ति १ हजारका दरले संकलन गरीतत्काल ७ लाख ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । त्यस्तै नेपालगञ्ज, बाँके, जाजरकोट, रुकुम, सुर्खेत, काठमाडौंका विभिन्न अस्पतालमा तत्काल रक्तदान सञ्चालन गर्ने बताएको छ । त्यस्तै स्ववियु राहत कोष परिचालन नेविसंघका तर्फबाट निर्वाचित सम्पूर्ण स्ववियु अध्यक्ष तथा पदाधिकारीलाई स्ववियुको राहतकोषबाट प्रभावित क्षेत्रका विद्यार्थीहरूका लागि राहत उपलब्ध गराउन पहल गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए। उनले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी टिम खटाइने समेत जानकारी दिए । यस्तो छ , स्वास्थ्यकर्मीको टिम संयोजक : डा. नरेश भट्ट – ९८५११०६१४५ सदस्य : डा. सुलभ आचार्य –९८४३१९७०४२ सदस्य डा. अमृत बस्नेत सदस्य : डा. सागर काफ्ले–९८४९९१२२५० सदस्य डा. ज्योती शाह–९८६३६६६७१८ सदस्य सुमित वोहरा–९८६१२४३११६ त्यस्तै अस्पतालहरूमा उपचारका एवम् सहजिकरणका लागि निम्न अनुसारका व्यक्तिहरुलाई जिम्मेवारी तोकिएको छ । जस अनुसार काठमाण्डौंमा उज्वल बज्रचार्य –९८५११०६१४५, जय बडाल–९८४९९०९४४३, प्रविन घिमिरे– ९८५१०२३०४८, कोहलपुरमा राम पाण्डे–९८५८०२४१२९, देवनारायण काफ्ले–९८५८०२३३११ र युवराज विष्ट छन् । त्यस्तै सुर्खेत अस्पतालमा रोशन बस्नेत–९८६८२२९४६६, भुपेन्द्र आचार्य–९८४४८६१५५५, हिमाल जैशी–९८५८०५८२७९, गणेश भण्डारी–९८४८२३६६२२, राजकुमार सिजापति–९८४८०५०२८० छन् । नेपालगंजमा चक्र रावल–९८५८०३०३७१, हिम बहादुर शाही–९८४४८५६४४८ र गौरव शाही ९८६६६४८८४३ परिचालित हुने छन् । नेविसंघले राहत संकलन समिति बनाएको छ, जसमा ः संयोजक : सिए पदम भट्टराई–९८४९२०३९९४ सदस्य सुशान्त आचार्य –९८६०८३४३४० सदस्य मनिषा रानाभाट–९८६०९३०६५७ सदस्य अमन भुषाल–९८५१२४७७६८ सदस्यः प्रशन्न वैद्य–९८४११८४११६ सदस्यः राज कुमार भट्टराई–९८५१०४९३६७ सदस्य कृष्ण गिरी–९८५७०५६७८९ यस समितिले खाद्यन्न, लत्ता कपडा, त्रिपाल, आर्थिक रकम, औषधि, शैक्षिक सामाग्री लगायत संकलन गर्ने बताइएको छ । संघले तथ्याङ संकलन समिति बनाएको छ । जसमा संयोजक मुक्ति प्रसाद गौतम, सदस्य बसन्त चन्द, सदस्य हेम राज के. सी, सदस्य सूर्य नारायण बटाला छन् । यो समितिले प्रभावित क्षेत्रका विद्यालयको भौतिक अवस्था अभिभावक गुमाएका विद्यार्थीहरूको अवस्था लगायत समग्र शैक्षिक क्षेत्रको क्षति सम्वन्धी तथ्याङ्ग संकलन गरि केन्द्रीय कार्यालयमा बुझाउने बताइएको छ । नेविसंघले स्वयम् सेवक समन्वय एवम् सम्पर्क समिति पनि बनाएको छ, जसमा जाजरकोटमानलित बस्नेत–०९४८२०९९००, निराजन विक्रम शाही–९८४५१९९, अनिश कार्की छन् । त्यस्तैरुकुम पश्चिम शुशिल खड्का–९७६१६४१०००, कर्ण बहादुर वली –९८५१०६८२२५ रअजय चन्द–९८२२९३३५२६ छन् ।
Tags: