भूकम्प प्रभावितको राहत उद्धारमा निगमले हवाई इन्धन उपलब्ध गराउने

Image
काठमाडौं – नेपाल आयल निगम लिमिटेडले गए राति जाजरकोट जिल्ला केन्द्र बिन्दु भई गएको बिनाशकारी भूकम्पबाट प्रभावितको राहत तथा उद्धारमा सहयोग गर्ने भएको छ । निगमल भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन व्यहोर्ने भएको हो । निगमले यसवापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०÷८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको जानकारी दिएको छ ।
Tags: