भुकम्प पीडितलाई कांग्रेसको ५० लाख सहयोग

Image
काठमाडौं– जाजरकोट र रुकमका भुुकम्प पीडितको सहयोगार्थ नेपाली कांग्रेसले ५०लाख सहयोग गर्ने भएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको कांग्रेसले जानकारी दिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् । कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।
Tags: