भुकम्प प्रभावितलाई उपचारमा बाँकेको सक्रियता, सहयोगका लागि ९८५११४३६६६ सम्पर्क गर्न सकिने

Image
काठमाडौं– जाजरकोट केन्द्र बिन्दु भै गएको भुकम्पका गंभिर घाईतेको उपचारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले बिहानबाटै काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिएका छन्। प्रशासनबाट बिहान ३.२१ बजे बाटै तयारी थालिएको उनको भनाइ छ। उनका अनुसार भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तोकिएको छ । त्यसका साथै कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ । उनका अनुसार भेरी अस्पताल , सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेका आफन्तजनको सहजताको लागि पनि सम्पर्क व्यक्ति नरेश श्रेष्ठलाई ९८५११४३६६६ लाई तोकिएको उनले जानकारी दिएका छन्। उनले पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक कि प्रबन्ध मिलाइएको बताए । प्रशासन कार्यालयका अनुसार हेलिकप्टर बाट आउने बिरामीको लागि रांझा विमानस्थल , र आर्मिको हेलिप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । ब्लडको मौज्दात रहेको छ , अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्त दाता सुरक्षाकर्मिको व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन्।
Tags: