प्रधानमन्त्री भुकम्प प्रभावित क्षेत्रमा

Image
काठमाडौं – प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र उद्दार टोली सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट,रुकुम लगायतका लागि प्रस्थान गरेका छन् । उनी नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित जाजरकोट प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसहित भुकम्प प्रभावित क्षेत्रका सांसदद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।
Tags: