मौसममा बदलाव, वर्षा र हिमपातसम्मको सम्भावना , हेर्नुस् शुक्रवारसम्मको मौसम

Image
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ। आज (बुधवार) दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै शुक्रवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भुभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र सुदूुरपश्चिम प्रदेशको पहाडी भुभागका थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै शुक्रवार राति देशका पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
Tags: