उद्यममा उँचाइ लिँदै गृष्माको ‘मनैदेखि’

Image
दीपा रेग्मी ।
आफ्नै लागि आफ्नै केही गरौं भन्ने हुटहुटी उनलाई पहिले देखि नै थियो तर के गर्ने भन्ने टुंगोमा थिएन। उनले क्यान्डलको बारेमा बजार अध्ययन पनि गरिन्। ‘क्यान्डलको हकमा मलाई बासनादार क्यान्डल पहिलेदेखि मन पर्ने तर बजारमा ल्याएर त्यसलाई प्रयोग गर्दा मैले खोजेको र चाहेको स्तरको क्यान्डल भेटिन, मलाई जस्तै अरुको पनि खोजीको विषय होला भन्ने लाग्यो,’ उनले भनिन् ।
काठमाडौं– कोरोना महामारीका कारण झण्डै २ वर्ष विश्व सुस्ताएको थियो। भएकै व्यवसायको अवस्थाको हालत के हुने त्रासमा थिए व्यवसायी । तर सबै त्रसित मात्र थिएनन्, कोही यही असहज अवस्थामा पनि केही गर्न सकिन्छ कि भनेर योजना बुन्नेहरू पनि थिए। यसैमा पर्छिन् काठमाडौंकी स्थायी बासिन्दा गृष्मा पौडेल । यो तीन वर्ष अगाडिको कुरा हो अहिले २२ वर्षको उमेरकी गृष्मा त्यतिबेला पुग नपुग २० वर्षकी थिइन् र व्याच्लर्स पढ्न शुरु गर्दै थिइन्। उनको मनमा धेरै व्यवसायको सोच आयो कम्पनी दर्ता त गर्नुपर्यो ।उनले शुरु गरिन् ‘मनैदेखि नेपाल’ कम्पनी । कापीको पानामा नयाँ व्यावसायिक आइडिया उतारिन्, ५–७ ओटा विकल्पमा गमिन् र गिफ्टसम्बन्धी काम गर्ने योजना बनाइन्। उनले अहिले ‘व्याच्लर्स इन विजेशन स्टडिज’मा व्याच्लर्स गरेकी छिन् । ‘मनैदेखि नेपाल कम्पनी’ मार्फत तीन वर्षदेखि उद्यमी बनेकी उनी अहिले व्यवसायमा परिपक्व पनि बनेकी छिन्। गिफ्टसम्बन्धी सेवा दिने व्यवसाय किन छानिन् त उनले ? गृष्मा भन्छिन्, ‘विभिन्न अवसरमा कसैलाई के गिफ्ट दिने भन्ने कुरामा आइडिया नहुने हुन्छ, त्यस्तो अवस्थामा विवरण उपलब्ध गराएपछि विभिन्न सामग्री जम्मा गरेर गिफ्ट बक्स तयार गर्ने गथ्र्यौं, यसले गिफ्ट छान्न नजान्ने अथवा संकोच हुनेलाई सहयोग पुग्यो ।’ शुरुमा उनले ‘भ्यालेन्टाइन्स डे’लाई लक्षित गरेर उक्त व्यवसाय शुरु गरेकी थिइन् । ‘यो प्रभावकारी पनि भयो, किनकी केटालाई केटीलाई कस्तो गिफ्ट चाहिन्छ भन्ने आइडिया नहुने, केटीलाई केटालाई कस्तो गिफ्ट दिँदा हुन्छ भन्ने आइडिया नहुने, यसमा हामीले सहजीकरण गर्यौं राम्रो पनि भयो,’ उनी भन्छिन्। उनले त्योसँगसँगै क्यान्डलको व्यवसाय पनि शुरु गरिन् । उनलाई विभिन्न फ्लेवरका क्यान्डल धेरै मन पर्ने तर नेपालमा त्यो खालको क्यान्डल पाइरहेको थिएन। बक्समा उनले क्यान्डल राखेर ट्राइ गरिरहेकी थिइन्। ‘गिफ्ट बक्सको लागि स्पेशल अकेजन चाहिने भयो। क्यान्डल धेरैले रुचाएको पाएँ र त्यसलाई प्राथमिकता दिएर अगाडि बढाएँ। गिफ्ट बक्सलाई निरन्तरता दिइएन्, अहिले क्यान्डललाई व्यावसायिक बनाएको छु,’ उनले भनिन्। आफ्नै लागि आफ्नै केही गरौं भन्ने हुटहुटी उनलाई पहिले देखि नै थियो तर के गर्ने भन्ने टुंगोमा थिएन। उनले क्यान्डलको बारेमा बजार अध्ययन पनि गरिन्। ‘क्यान्डलको हकमा मलाई बासनादार क्यान्डल पहिलेदेखि मन पर्ने तर बजारमा ल्याएर त्यसलाई प्रयोग गर्दा मैले खोजेको र चाहेको स्तरको क्यान्डल भेटिन, मलाई जस्तै अरुको पनि खोजीको विषय होला भन्ने लाग्यो,’ उनले भनिन्, ‘बाहिरबाट आउने क्यान्डलमा खोजेको क्वालिटी भेटिने तर सामान्य खर्चमा किन्नै नसकिने देखिएपछि सस्तो लागतमा पाइने गरी त्यही क्वालिटीको क्यान्डल किन उत्पादन नगर्ने भन्ने लागेरै मैले शुरु गरेको हुँ ।’
उनको प्रडक्टको लक्षित ग्राहक किशोरअवस्था र युवा नै हुन्। यसले बासना छर्ने मात्र होइन्, मान्छेलाई रिल्याक्स फिल गराउने, दिमागलाई शान्त बनाउने, फरक खालको भाइब सृजना गर्ने, डेकोरेसन, कोठालाई बासनादार बनाउने काम गर्ने उनको व्याख्या छ।
यो प्रडक्ट ह्याण्ड मेड हो । यो नयाँ कुरा थियो, बजार बुझाउन पनि थियो, मान्छेले १० रुपैयाँमा क्यान्डल आउने ठाउँमा ५००–१००० रुपैयाँ किन खर्च गर्ने भन्ने धेरैको मान्यता थियो। उनले अनुभव सुनाइन्, ‘यतिसम्म कि मैले मेरो घरमासम्म बुझाउन सकिरहेको थिएन, उहाँहरूलाई यसले बजार लिन्न कि भन्ने एक खालको डर थियो। हाम्रो जेनेरेसन ग्याप भएर पनि उहाँहरूलाई जानकारी नभएको जस्तो लाग्यो, मलाई मेरो जेनेरेसनको रुचि यही हो जस्तो लाग्यो र अगाडि बढाएँ। बजारमा माग बढ्दै जान थाल्यो ।’ शुरुआतमा उनले बजारमा पुर्याउनको लागि अनलाइन प्लाटफर्मको प्रयोग गरिन्। त्यसो त अहिले पनि उनको क्यान्डल धेरै बिक्ने अनलाइन माध्यमबाट नै हो । ‘लकडाउनका कारण धेरै इन्टरनेटमार्फत किनमेल गर्नको लागि अभ्यस्त बनेका थिए। त्यही प्लाटफर्मलाई किन नसमात्ने भन्ने लाग्यो। अनलाइनमार्फत नै लक्षित ग्राहकमा पुग्ने गरी विज्ञापन गर्यौं,’ उनी भन्छिन्। क्यान्डललाई उनले विभिन्न फरक फरक बास्नाका आधारमा नाम दिएकी छिन्। यसको उत्पादन र व्यवस्थापन उनी एक्लैले गर्दै आएकी छिन्। विभिन्न स्टलमा राख्दा अरुको सहयोग पनि लिने गरेकी छिन्। यसको लागि आवश्यक पर्ने कच्चापदार्थ विशेष खालको वाक्सको जोहो गर्न उनलाई शुरु शुरुमा गाह्रो पनि भयो। उनी भन्छिन्, ‘शुरु शुरुमा स्थानीय बजारमा जे पाउँछ, त्यसकै आधारमा बनाइयो, विस्तारै बुझ्दै जाँदा बाहिरबाट आयात गरेको छु। नेपालको कच्चापदार्थभन्दा बाहिरबाट आएको कच्चापदार्थको क्यान्डल राम्रो छ। हामीले हेरक दृष्टिबाट गुणस्तरीय क्यान्डल उत्पादनलाई प्राथमिकता दिएका छौं।’ उनको प्रडक्टको लक्षित ग्राहक किशोरअवस्था र युवा नै हुन्। यसले बासना छर्ने मात्र होइन्, मान्छेलाई रिल्याक्स फिल गराउने, दिमागलाई शान्त बनाउने, फरक खालको भाइब सृजना गर्ने, डेकोरेसन, कोठालाई बासनादार बनाउने काम गर्ने उनको व्याख्या छ। अहिले उनका ग्राहक बढ्दै गएका छन्। ‘क्यान्डल जसले प्रयोग गरिरहेको छ, पहिले उहाँहरुनै ग्राहक हुनुभयो, विस्तारै सबैलाई यसको बारेमा जानकारी हुँदै गयो,’ उनी भन्छिन्। उनले नेपालभर अनलाइन अर्डरमार्फत पठाउँदै आएकी छिन्। विभिन्न स्टोेरले पनि राख्दै पनि छन् । यसले उनलाई उत्साह थपेको छ। ‘अहिले अनलाइनबाट नै धेरै विक्री भएको छ। विस्तारै बजार लिने अपेक्षामा छु। म मेरो कामबाट सन्तुष्ट छु। काम गरेपछि मात्र रिटर्न आउँछ भन्ने लागेरै मैले यो काम गरेको छु,’ उनले भनिन्। अहिले युवा विदेश जाने प्रवृत्ति बढेको छ, उनी विदेश जानु आफैमा नराम्रो नभएको बताउँछिन्। ‘धेरै कुरा विदेशबाट सिकिन्छ तर आफ्नो देशमा आफैले पनि केही गर्न सकिन्छ कि भन्ने सम्भावनाको कुरामा पनि खोजी गर्नुपर्छ। विकल्प खोजियो भने केही न केही गर्न सकिन्छ,’ उनले भनिन्, ‘ मेरा धेरै साथीहरूले मैले जस्ता साना साना उद्यम गरिरहेका छन्। देख्दा सानो लाग्ला तर प्रभावकारी व्यवसाय गर्न सकिन्छ, त्यत्ति हो प्रयास भने गर्नुपर्छ ।’ व्यवसाय गर्न परिवारको सहयोग महत्वपूर्ण हुने उनको भनाइ छ। ‘अभिभावकको सहयोग आवश्यक छ, हामीले धेरै फजुल खर्च गर्दै आएका छौं, त्यस्तो खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ, ’ उनी भन्छिन्, ‘अभिभावककले पढाउनको लागि लाखौं खर्चनु भएको हुन्छ, केही गर्ने योजना बनाएका आफ्ना सन्तानलाई थोरै केही लगानी गर्न खुट्टा कमाउनु हुन्न भन्ने लाग्छ, व्यवसाय डुब्ला तर त्यसबाट पनि केही न केही सिकाइ त हुन्छ नि ।’
Tags: