भोलिदेखि जावलाखेलमा हुने १६ औं गोदावरी मेला, तयारी पूरा

Image
काठमाडौं– मंगलवारदेखि ललितपुरको जावलाखेलमा सुरु हुने १६ औं गोदावरी फूलको प्रतियोगितात्म प्रदर्शनी २०८० को तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानको आयोजनामा १६ औ सस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनीको आयोजना गर्न लागि लागिएको हो । “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०८० कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन हुने थालेको हो । प्रदर्शनीमा व्यवसायिक स्टल ५१, प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५७ वटा प्रदर्शनी कक्षहरु रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको बिबिध बिधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ । अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरीरफर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १) मिनियचर, २) स्पाईडर, ३) रिफ्लेक्स, ४) ईन्कर्भ र ५) गोदावरीको कट फ्लावर प्रजाती रहेको छ । सबै कार्यको लागि तयारी पुरा भएको उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले बताए ।
Tags: