बहुप्रतिक्षित भी२९ई फाइभजी सार्वजनिक गर्दै भिभो

Image
काठमाडौं । टेक्नोलोजी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन रिलीज गर्ने मिति सार्वजनिक गरेको छ । केही समय अघि भी२९ फाइभजी सफलतापूर्वक सार्वजनिक गरेको भिभोले बहुप्रतिक्षित भी२९ई फाइभजी सार्वजनिक गर्ने तयारी गरेको हो । यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको बताइएको छ । भिभो भी२९ई फाइभजीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनको साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्शको नयाँ मापदण्डहरू कायम गर्ने बताइएको छ । भिभो भी२९ई फाइभजीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङ लगायतका आकर्षक विशेषता छन् । यसको एक्सक्लुसिभ स्मार्ट औरा लाइट टेक्नोलोजीमा स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्ट राखिएको कम्पनीको भनाइ छ । जसले कम प्रकाशमा पनि उत्कृष्ट र शार्प पोट्र्रेहरू सुनिश्चित गर्दछ । यसको साथै भी२९ई फाइभजीमा सुपर नाइट मोड, सुपर मुन मोड लगायत ५०एमपी एचडी फ्रन्ट क्यामेरा रहेको छ जसले आकर्षक र उत्कृष्ट तस्वीरहरु खिच्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ । भी२९ई फाइभजी को बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो भी२९ई फाइभजी सार्वजनिक गर्दै कोसेढुङ्गाको रुपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको शुरु गरेको बताए । यो उत्कृष्ट उपकरणले नयाँ बेन्चमार्क सेट गर्दै अत्याधुनिक प्रविधिको साथमा सुरुचिपूर्ण डिजाइनमार्फत उत्कष्ट मोबाइल अनुभव प्रदान गर्ने उनले बताए । यो स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको बताइएको छ । भी२९ई फाइभजीमा क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र फाइभजी कनेक्टिभिटी रहेको छ जसले तीव्र गतिमा सहज मल्टिटास्किङ, र स्वीफ्ट डाउनलोडहरू, हाई–डेफिनिशन स्ट्रिमिङ, र भिडियो कलहरूको लगायतका आकर्षक विशेषताहरु प्रदान गर्ने बताइएको छ । भी२९ई फाइभजीको कात्तिक १६९२ नोभेम्बर० देखि कात्तिक १९९५ नोभेम्बर० सम्म प्रि–बुकिङ्ग गर्न सक्नेछन् भने कात्तिक २० गते अर्थात ६ नोभेम्बर, २०२३ मा यो फोन सार्वजनिक हुने बताइएको छ ।
Tags: