शिक्षामार्फत सामाजिक र सांस्कृतिक परिवर्तन ल्याउन अभियान चलाउँछौं– प्रेसिडेन्ट बस्नेत

Image

लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले आगामी कात्तिक १८ गते ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्दैछ । नेपाली संगीतको सम्वद्र्धन र सामाजिक कार्यका लागि फण्ड रेइज गर्न आयोजना गर्न लागिएको कार्यक्रमलाई भव्य बनाउने आयोजकको तयारी छ। आयोजकका अनुसार भ्रखरमात्र चार्टर भएको यो क्लबको पहिलो ठूलो औपचारिक कार्यक्रम हो। क्लबका चार्टर प्रेसिडेन्ट कल्पना बस्नेतले यस कार्यक्रमबाट क्लबलाई थप सामाजिक क्रियाकलापका लागि जोडिन उत्साह थप्ने बताइन्। सबलकर्मी दीपा रेग्मीले लायन्स क्लबको अभियान, क्लबका गतिविधि, कन्सर्टको उद्देश्य लगायतका विषयमा अध्यक्ष बस्नेतसँग कुराकानी गरेकी छिन्। लायन्स अभियान के हो , संक्षिप्तमा बताइदिनुस् न । लायन्स क्लबहरूको अन्तरराष्ट्रिय संघ, अधिक सामान्य रूपमा लायन्स क्लब इन्टरनेशनल भनेर चिनिन्छ। यो मेलभिन जोन्सद्वारा शिकागो इलिनोइसमा सन् १९१७ मा स्थापित अन्तरराष्ट्रिय संगठन हो । यसको मुख्यालय टक्सासमा छ। जसमा १.४ मिलियन सदस्य (युवा विंग लियोसहित) २०० भन्दा बढी देशमा यसको सञ्जाल फैलिएको छ । विश्वभरका भौगोलिक क्षेत्रहरू मध्ये लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगत लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन काठमाडौंको स्थापना गरिएको हो । जसमा शैक्षिक परामर्श, उद्योग, व्यवसाय, पत्रकारिता, राष्ट्रसेवक तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरू आबद्ध छन्। यहाँ नेतृत्वको क्लबले कस्ता कस्ता गतिविधि गर्दै आएको छ? स्थापनाको छोटो समयमै हामीले सामाजिक क्षेत्रमा आफूलाई संलग्न गराउँदै आएका छौं। डिस्ट्रिक्टले अगाडि सारेका लक्ष्यमा आधारमा रही क्लबले विभिन्न योजना बनाएर काम गर्दै आएको छ । समुदायमा आधारित संस्था भएकोले क्लबले नेपाली कला, संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । यसै सन्दर्भमा क्लबले एउटा महत्वपूर्ण कार्यक्रम आगामी कात्तिक १८ गते ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्दैछ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने हाम्रो अपेक्षा छ। यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य के हो ? ‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । लायन्सको एउटै आवाज, एउटै स्वर सामाजिक सेवा नै कर्म र धर्म हो । त्यसैले सामाजिक र साँस्कृतिक परिवर्तनको वाहक नै शिक्षा हो भन्ने कुरा सर्वविदतै छ । गुरुकुलीन शिक्षाका लागि वेदाश्रम, मन्दिर र घर हो भने सैद्धान्तिक, व्यवहारिक र वैज्ञानिक शिक्षाका लागि शिक्षालय वा विद्यालय हो । यही कुरालाई मनन गर्दै अत्यधिक चेपाङ, दलित, क्षेत्री र ब्राहमण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका–५ पिडामा रहेको श्री डोल भञ्ज्याङ मा.बिमा क्लबले सहयोगको योजना बनाएको छ । विद्यालयमा पुर्जा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा अवस्थित छ । क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएका छौं। कार्यक्रमबाट संकलन भएको केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना राइ  र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने हाम्रो योजना छ । सामाजिकसँगै सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने भन्नुभयो,यो कसरी सम्भव हुन्छ ? कन्सर्ट सामाजिक शसक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवद्र्धनमा प्रेरणा दिन सक्षम हुने हाम्रो अपेक्षा छ । कात्तिक १८ मा प्रज्ञा प्रतिष्ठानमा गरिने कार्यक्रममा नेपाली गीत संगीतलाई मन पराउने सबै रमाउन पाउनु हुनेछ । गायक यम बराल नेपाली आधुनिक गित संगीतको मुलधारका शीर्ष गायक तथा नेपाली चलचित्रका सुप्रशिद्ध पाश्र्वगायक तथा संगीतकार हुनुहुन्छ । उहाँ र उहाँको टिमको उपस्थिति र प्रस्तुतिले पक्कै पनि नेपाली गीत संगीतलाई पुर्नताजगी दिन सक्षम रहनेछ। कन्सर्टको प्रायोजकहरू को को हुनुहुन्छ ? यस कन्सर्टको मुख्य प्रायोजकको रुपमा Brampton Immigration Consultancy र Intake Abroad रहेको छ भने Sub - sponsor को रुपमा Alka Hospital, Co- Sponsor को रुपमा Arya Travel तथा Pacific Link College रहेका छन । त्यसैगरि थोमस ईन्टरनेसनल एजुकेसन प्रा. लि., डल्फिन, अरविट ईन्टरनेसनल एजुकेसन प्रा. लि., के आई ई सि प्रा. लि., कङ्गारु एजुकेशन फाउन्डेशन प्रा. लि., एजुकेसन प्लानेट प्रा. लि. द नेक्ट्स एजुकेसनल कन्सल्टेन्सि प्रा.लि., TWI Dubai, प्रभु वैक लिमिटेड, पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन प्रा. लि., Aryana Boutique, ग्रेस ईन्टरनेसनल ग्रुप प्रा. लि., City Express Money Transfer, IME Insurance, JLCT Nepal, नेपाल एयर लायन्स , Trinity  Edeucation , American education and research center, Open vision education foundation, Success abroad study,Excess education network ,Window Nepal center  लगायतका संस्थाहरु सहयोगी साझेदारका रुपमा रहेका छन । अन्त्यमा केही भन्नुहुन्छ की? अन्त्यमा, नेपाली साङ्गितिक क्षेत्रको प्रवद्र्धनको लागि यस क्षेत्रलाई माया गर्ने आम समुदायलाई मनोरन्जन प्रदान गर्न काठमाण्डौ स्थित प्रज्ञा प्रतिस्ठानमा यहि कार्तिक १८ गते साँझ ५ बजे देखि आयोजना गर्न लागिएको कन्सर्टमा सहभागिता जनाई यस महत्वपूर्ण अवसरलाई भरपुर सदुपयोग गर्नु हुन विशेष आग्रह गर्दछौ ।

Tags: