राष्ट्रपतिद्वारा भत्तपुरको नवदुर्गा मन्दिरमा विशेष पूजा

Image
भक्तपुर – राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८० को अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको विशेष पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रुपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर नवदुर्गाको पूर्जा अर्चना एवम दर्शन गरेर प्रसाद ग्रहण गरेका थिउ। उनीसँग प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् । भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह् पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो ।सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए । मल्लकालदेखि राजा महाराजाहरूले नवदुर्गाको पूजाआजा गर्दै आएपनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ ।तर २०४५ मा भूकम्प आएपछि दैवीप्रकोपका घट्नाले गर्दा देश र जनताको हित, कल्याणका निमित्त तत्कालीन राष्ट्र प्रमुखले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको जानकारी मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले दिए ।यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नव देवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाइ तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइके नरेन्द्र प्रसाद जोशीले प्रदान गरेका थिए ।
Tags: