ब्लड क्यान्सर पीडित पत्रकार केसीद्वारा सहयोगको याचना
काठमाडौं– ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दीपक केसीलाई उपचारमा रकम अभाव भएको छ । शिवराज नगरपालिका चन्द्रौटाबाट सक्रिय पत्रकारिता गर्दै आइरहेका केसी केही समयदेखि ब्लड क्यान्सर पीडित छन् । क्यान्सर भएको थाहा पाएपछि उनको नेपालका विभिन्न अस्पताल र भारतको अस्पतादमा समेत चेक जाँच भइरहेको छ । अहिले उनी भारतको राजिव गान्धी क्यानसर अस्पतालमा उपचाररत छन् ।
मध्यम आय भएका उनलाई अहिले उपचारमा रकम अभाव छ । रकम अभाव भएपछि केसीको परिवारले आर्थिक सहयोगको लागि अपिल गरेका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्यसमेत रहेका केसी रेडियो शिवराजका स्टेसन म्यानेजर छन् । उनी प्रेस सेन्टरको जिल्ला सदस्य पनि हुन् । ३५ वर्षीय केसीको श्रीमती र छोरा ‘१० वर्ष ‘ छोरी ‘२ वर्ष’ छन् ।
अस्पतालको बेडमा रहेका केसीले आफुलाई रकम अभाव भएको बताए । उनले भने ‘जनतालाई सुसुचित गराउँदा आफै रोगी भएको थाहा पाएनछु । यस्तो भएको एक्कासी थाहा पाएँ । सबै मिलेर बचाउनुहुन्छ भन्ने आशा गरेको छु ।’ ब्लड क्यान्सर रोगको उपचार निकै महंगो हुन्छ । सकेसम्म आफैले प्रयास गरेँ, लाखौँ रकम लाग्ने भएकाले अन्तिम विपकल्पको रुपमा हार गुहार गरेको हुँ’ उनले भने ।
उनको उपचारको लागि अहिले नेपाल पत्रकार महासंघले सहयोग उठाउने काम गरिरहेको छ भने अन्य संघसंस्थाले पनि उनलाई सहयोग गर्ने बताएका छन् । सहयोगको लागि उनको एसबीआई बैङमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ । सहयोगको लागि उनको एसबीआई बैङमा रहेको खातामा पैसा जम्मा गर्न सकिने छ ।
नामः Deepak Kunwar
खाता नम्बरः24915241400344
शाखाः Chandrauta