एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन

Image
काठमाडौं – एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९४ वर्षको उमेरमा गत सोमवार काठमाडौंमा निधन भएको हो । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएको छ । ‘कुशल नेतृत्व क्षमता, नवीन एवं दुरदर्शी सोचलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आउनुभएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रूपमा स्थापित हुन सफल भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन भेञ्चरको रूपमा नेपालमा प्रथम पटक सफलपूर्वक भिœयाउनु भएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइसमेत प्रदान गरेको छ ।’ श्रेष्ठले नेपालको बैंकिङ क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै उनको युगान्तकारी कर्म र पहल नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुने सिबिफिनले उल्लेख गरेको छ । ‘जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल रहनुभएका श्रेष्ठका उदाहरणीय कार्य सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने छन्,’ विज्ञप्तिमा उल्लेख छ ।
Tags: