आशिषको ‘स्टार्टप सपना’, ‘वनसेयज्’मार्फत पूरा गर्दै

Image
काठमाडौं– धेरै युवा जागिरको विकल्प केही नभएको ठान्छन्, त्यसमा पनि हातमा सीप र क्षमता भएकाहरू पनि जागिर भन्दै धाउँदै र बेरोजगार भएँ भन्दै हिँड्ने कुरा नेपाली समाजमा नौलो रहेन । तर समाजमा यस्ता यूवा पनि छने, जसले आफूलाई सृजनशील बनाउने प्रयास गर्दै आएका छन्। ती मध्ये एक हुन्, आशिष उप्रेती । उमेरले ३० वर्षका पुगेका आशिषले सानफ्रासिस युनिभर्सिटीमा इन्फरमेशन टेक्नोलोजीमा व्याच्लर्स गरेका छन्, त्यही मास्टर्स गर्दै गरेका उनले ‘वनसेयज्’ नामक स्टार्टपको शुरुआत गरेका छन्। तत्कालको लागि यो स्टार्टपले लन्ड्रीसम्बन्धी काम गर्ने छ । यसकोे माध्यमबाट अमेरिकाको व्यस्त दैनिकीलाई यसले सहयोग गर्ने उनको अपेक्षा छ । कसरी काम गर्छ त यसले? उनी भन्छन्, ‘कस्टमरले हाम्रो एपमार्फत लन्ड्रीको सेड्युल दिनुहुन्छ, हाम्रो ड्राइभरले उहाँहरूको समयमा कपडा लिने र धोएपश्चात सम्बन्धित ठाउँमा लगेर छाड्ने काम गर्छ।’ अहिले अमेरिकामा शुरू गर्ने तयारी गरेको यो व्यवसाय यही मोडलमा नेपालमा पनि व्यवसाय गर्ने उनको योजना छ। उनी भन्छन्, ‘म यसलाई नेपालमा पनि विस्तार गर्ने दीर्घकालीन योजना छ, त्यो लन्ड्रीको पनि हुनसक्छ अथवा यस्तै प्रकृतिको यही मोडलमा अन्य व्यवसाय पनि हुनसक्छ। उनी आईटीको विद्यार्थीको भएको कारण अबको समय आईटीको भएको बताउँछन्। सूचना प्रविधिको माध्यमबाट धेरै काम गर्न सकिने र हरेक कामलाई व्यवस्थित गराउने उनको बुझाइ छ। उनी भन्छन्,‘दैनिक घर व्यवहार देखि कार्यालय तथा व्यवसायका तथ्यांक र सूचना व्यवस्थापनमा सूचना प्रविधिले धेरै सहयोग गर्छ ।’ उनी नेपालमा पनि धेरै सम्भावना देख्छन्। नेपालका क्रियाशिल रहेका र केही गरौं भन्ने सोंच भएका संस्थाहरू उनले देखेका छन्। ती संस्थाहरूसँगको समन्वयमा यहाँ भएको युवा जनशक्तिलाई परिचालन गर्न सकिने उनको सुझाव छ। उनी भन्छन्, ‘कामको वातावरण बनाउने र स्रोतको व्यवस्थापन गर्न सकिएको अवस्था धेरै स्टार्टप अगाडि बढाउने सम्भावना नेपालमा छ। धेरै संस्था बाहिरबाट नेपालमा आएर इनोभेटिभ काम गर्दै आएका छन्, हामीले हाम्रो आफ्नो देशका काम गर्न नसक्ने भन्ने हुँदै काम गर्ने वातावरण, नीति, लगानी लगायतका कुराको निश्चितता हुनु आवश्यक छ।’ आईटी क्षेत्रमा पनि यहाँका जनशक्तिले बाहिरका लागि काम गरिरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘नेपालमा के गर्न सकिन्छ भनेर सम्भावनाको खोजी गरिरहेको छु। नेपालमा केही गर्नको लागि नेपालमै बस्नुपर्ने छ भन्ने छैन बाहिर बसेरै पनि नेपालको लागि केही गर्न सकिन्छ। लगानीमा सहकार्य गर्न सकिन्छ ।’ उनले अमेरिकाका धेरै आईटी कम्पनीमा काम नपाएका होइनन्। धेरैमा काम गरे पनि तर अहिले उनी आफै केही गर्ने सृजनशीला ‘आइडिया’ बोकेर हिँडेका छन्। उनी भन्छन्,‘आफै मात्र कमाउने कुरा र आफ्ला लागि अरुको कामबाट पनि सम्भव होला तर समाजका लागि, देशका लागि तथा समृद्ध भविश्यका लागि केही त कुनै न कुनै नयाँकुरा त सोंच्नै पर्छ।’  
Tags: