एभरेष्ट बैंकद्वारा ५५ ई–रिक्सा चालकलाई क्यूआर र १०० भन्दाबढीलाई वित्तीय साक्षरता

Image
काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड उपलब्ध गराएको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट बैंकको यो सहयोगले सर्वसाधरणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले यसबाट तिलोत्तमाबासीमा सुरक्षित बैंकिङ कारोबार गर्न हौसला मिल्ने भन्दै नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी र एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सयजना भन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।  
Tags: