विशन र नवराजलाई यामाहा स्कुटर, पठाओ दशैं महोत्समा बम्पर उपहार

Image
काठमाडौं– ‘पठाओ दशैं महोत्सव २०८०’ को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् । बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका ५८५ जनामध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो । दशैंको अवसरमा तीन वर्षदेखि दशैं महोत्सव गरिँदै आएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । पठाओमा आबद्ध भई फ्रन्टलाइनमा दिनरात खटिने राइडरको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका जनरल म्यानेजर दिपक रौनियारले बताए ।
Tags: