ग्राहकलाई सजिलो, सिटिजन्स बैंंकको मोबाइल एपमा थप सुविधा

Image
काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेका सेवाको अतिरिक्त अन्य उपयोगी सेवासमेत थप गरेको बैंकले बताएको छ । अब ग्राहकले मोबाइल बैंकिङ एपमार्फत नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्ने जस्ता सुविधा पाउनेछन् । ग्राहकलाई यसअघि नै विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवा प्रदान गर्ने भएको छ । यस सेवाअन्तर्गत ग्राहकले बैंक का तोकिएका सम्पर्क अधिकृतमार्फत बैंकिङ सेवा प्राप्त गर्न सक्ने बताइएको छ । परिमार्जित एप प्रयोगकर्तामैत्री बनाउनुका साथै नेपालपेको क्यूआरमार्फत व्यापारीलाई क्यूआर स्क्यान गरी भुक्तानीको सुविधा जस्ता विभिन्न नयाँ सुविधा थपिएको बताइएको छ ।  
Tags: