इप्पानको दिगो वित्त र सामाजिक द्वन्द व्यवस्थापन तालीम 

Image
काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दिगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालीम सम्पन्न भएको छ । सोमवार र मंगलवार काठमाडौंमा आयोजना गरिएको उक्त तालीममा नवीकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीको सहभागिता थियो । दुईदिने तालीमको उद्घाटनमा बोल्दै इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा उद्यमीको क्षमता वृद्धिका लागि तालीमले नवीकरणीय ऊर्जा क्षेत्रको वित्त व्यवस्थापनमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे । आईसीएचकी प्रबन्ध निर्देशक लिने अम्लुन्ड हेगनले नवीकरणीय ऊर्जाको दिगो वित्त व्यवस्थापनका लागि तालीम आयोजना गरिएको बताइन् । इप्पानले आईसीएचको सहकार्यमा नवीकरणीय ऊर्जा परियोजनामा सामाजिक–पर्यावरण द्वन्द व्यवस्थापन सम्बन्धी पाँचदिने तालीम असोज २२ देखि २६ गतेसम्म आयोजना गरेको थियो । उक्त तालीममा स्थानीय र पर्यावरणसम्बन्धी द्वन्द व्यवस्थापनका बारेमा आईसीएचका तर्फबाट दर्जनौं पेपर प्रस्तुत गरिएको थियो ।इप्पान र आईसीएचबीच विगत डेढ दशकदेखि नवीकरणीय ऊर्जा क्षेत्रका विविध विषयमा सहकार्य हुँदै आएको छ ।
Tags: