आजदेखि खाद्यले खसीच्याङ्ग्रा बेच्दै, खसीको ६७० र च्याङ्ग्राको १२५०

Image
काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि आजदेखि विक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो रू ६८० तथा च्याङ्ग्रा प्रतिकिलो रू. १२६० मा विक्री गर्नेछ । उक्त मूल्यमा उपभोक्ताले प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा विक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ । ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो । कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको विक्री गर्दै आएको छ । यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा विक्री गरिने कम्पनीको तयारी छ ।
Tags: