मृगौला पीडित दुर्गाको उपचारको लागि सहयोगको याचना

Image
काठमाडौं– अर्घाखाँची शितगंगा–१३ की ३१ वर्षीय दुर्गा थापाको परिवारले सहयोगको याचना गरेकाे छ। दुबै मृगौला फेल भएर गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत दुर्गाको उपचारको लागि परिवारले सहयोगको याचना गरेको हो। अहिले डायलासिस भइरहेको र मृगौला प्रत्यारोपणको लागि आर्थिक अभाव हुँदा प्रकृया अगाडि नबढेको उनको श्रीमान चन्द्रमणि पोख्रेलले जानकारी दिए। दुर्गालाई आफ्नै मृगौला दिन लागेको चन्द्रमणिले जानकारी दिए। सहयोग रकम बिरामी दुर्गा थापा, कृषि विकास बैंक , खाता नं ०४१५६०५३०८९३२०१४ मा जम्मा गर्न सकिने चन्द्रमणिले जानकारी दिए। सम्पर्क गर्दा ९८६५४४७८१३ मा सम्पर्क गर्न सकिने बताइएको छ।  
Tags: